images
images

सरकारले संसदमा लगानी विधेयक २०७५ पेश गर्ने

काठमाडौं । सरकारले संसदमा सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ पेश गर्नेभएको छ ।

चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनलाई मध्येनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक संसदमा पेश गर्नुहुनेभएको हो । विधेयकमा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्र समेत लगानीको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्ने उल्लेख छ ।

यस्तै, सार्वजनिक निजी साझेदारीमा सञ्चालित हुने परियोजनाहरुलाई व्यवस्थित गर्न तथा लगानी सम्बन्धी कानुनी व्यवस्थालाई एकीकरण र संशोधन गर्ने प्रस्तावनामा उल्लेख गरिएको छ । विधेयकमा ६ अर्ब रुपैयाँ वा सो भन्दा बढी लागत अनुमान भएका परियोजनाको लागनी बोर्र्डबाट स्वीकृतति हुने प्रावधान छ । विधेयकमा सार्वजनिक–निजी साझेदारी परियोजनाको कार्यान्वयन गर्ने निकाय पनि तोकिएका छन् ।