images
images

तनहुँ दुर्घटना अपडेट: मृतकको सङ्ख्या २ पुग्यो

तनहुँ । बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घासिकुवा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर र दुर्घटनामा गम्भीर घाईत भएका व्यास नगरपालिका १४ केशवटारका जीपका चालक नर बहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा पोखरामा ज्यान गएको प्रहरीले बताएको छ ।
बुद्धि बहादुरको भने यसअघि नै उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको थियो ।

जीप गुडिरहेको अवस्थामा अगाडी टायर पन्चर हुदाँ सडक बाट दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जनाकारी दिएका छन् ।

दुर्घटनामा परी अन्य ११ जना घाईते भएका छन् । अन्य घाईते हुनेमा होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा,कुमार बस्याल,देवीमाया थापा र खुममाया थापा लगायत अन्यलाई दमौली अस्पताल, रत्नहरि रहेका छन् । घाईतेहरुको पोखरामा उपचार भइरहेको छ । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।