काठमाडौं । चर्चित लोकगायक मोहन खड्काको नयाँ ‘सुन्तली’ बोलको गित सांगीतिक बजारमा सार्बजनिक गरिएको छ । मायाप्रेममा आधारित उक्त गितलाई रामचन्द्र बोहोराको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।
लोकदोहोरी ‘सुन्तली’ बोलको गितमा गायक मोहन खड्का र गायिका कमला खड्काको आवाज रहेको छ। सो गीतमा शब्द तथा संगीत गायक खड्का आफैले गरेका हुन् ।
उक्त गीतको भिडियोमा कलाकार रामचन्द्र बोहोरा र करिस्मा ढकालले दमदार अभिनय गरेका छन् । पछिल्लो समय लोक गीतको क्षेत्रमा बोहोराले उच्च सफलता हासिल गरिसकेका छन्। यस गीतलाई पनि सम्पूर्ण दर्शकले मन पराउने बोहोराले बताएका छन् । साथै यस गीतलाई हेरेर सबैले सयर गर्दै प्रतिक्रिया दिन अग्रह गर्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिन चाहन्छौं ।
भिडिओ: हेर्न यहाँ क्लिक गर्नुहोस