काठमाडौं – थारु आयाेगका अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरीकाे संसदीय सुनुवाइ चलिरहेको छ। यसअघि मधेसी आयाेगकाे अध्यक्षमा प्रस्तावित डा. विजयकुमार दत्तकाे सुनुवाइ सकिएकाे छ।
यसपछि राष्ट्रिय मुस्लिम आयाेगकाे अध्यक्षमा सिफारिस समिम मिया अन्सारीको सुनुवाइ हुने कार्यसूची छ। दत्त र चाैधरीविरुद्ध सुनुवाइ समितिमा उजुरी परेका थिएनन् भने अन्सारीविरुद्ध नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टीको संलग्नता का विषयमा उजुरी परेका थिए।