images
images

नेपाल बंगलादेश बैंकको वृक्षरोपण कार्यक्रम

काठमाडौं।  नेपाल बंगलादेशले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्रस्थित पशुपति क्षेत्र विकास कोष पशुपतिनाथ मन्दिर परिसरमा वृक्षरोपण गरेको छ ।

उक्त कार्यक्रमको औपचारिक समुद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालगायत बैंकका सञ्चालकद्वारा संयुक्त रूपमा गरिएको हो ।

बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा टेवा पु¥याउने उद्देश्यले उक्त क्षेत्रमा विभिन्न बहुमूल्य प्रजातिका रूख वृक्षरोपण गरेको छ ।

बैंकले उपयुक्त स्थान छनोट गरी सम्बन्धित संस्था तथा निकायको सहकार्यमा वृक्षरोपण गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

बैंकले  बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले उक्त नाराअनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणको जीवन स्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।