काठमाडौं । पहिले देश अनि विदेश भन्ने नाराका साथ आगामी १३ वैशाखबाट आन्तरिक पर्यटन मेला (डोमेस्टिक टुरिजम मार्ट–२०१९) हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा हुने दुईदिने सो मेला नेपाल पर्यटन बोर्डलगायत पर्यटन क्षेत्रसित सम्बन्धित विभिन्न संघ संस्थाको सहकार्यमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको हो ।
आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ सरकारले मनाउँदै गरेको नेपाल भ्रमण वर्षलाई सहयोग गर्न निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यस मेला आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।
आगामी १३ र १४ वैशाखमा हुने यस मेलामा पर्यटन क्षेत्रसित सम्बन्धित कुल २२५ वटा स्टल रहनेछन् । सरकारको २०२० मा २० लाख पर्यटक भिœयाउने योजनामा पर्यटन प्रवद्र्धन गरी सहयोग पु¥याउनका लागि मेला थप सहयोगी हुने आयोजक गन्तव्य इभेन्ट म्यानेजमेन्टले जनाएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को भिजन सफल पार्नकै लागि आफूहरूले मेला आयोजना गरेको भन्दै सरोकारवाला सबैलाई समेटेर सँगै अघि बढ्ने बताए । उनले २० लाख पर्यटक भिœयाउने उद्देश्यलाई पूरा गर्न तथा पर्यटन बजारलाई चलायमान गराउन आफूले विगतदेखि यस्ता गतिविधि आयोजना गर्दै आएको बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन प्रवद्र्धन गर्ने कुरा कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको भएको र आफूले सक्दो सहयोग गर्ने बताए । वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडेले दिगो समृद्धिको वाहक आन्तरिक पर्यटनले मात्र सम्भव हुने भएकाले यसमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले नेपाल ऐतिहासिक कालखण्डदेखि आन्तरिक पर्यटनको केन्द्र रहेको भन्दै विकसित समयमा यसको प्राविधिक दायरा पनि फराकिलो हुँदै गएको बताए । उनले आन्तरिक पर्यटक प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निकै उपलब्धिमूलक हुने अपेक्षा गरिएको बताए । पर्यटन बोर्ड सञ्चालक समितिका अर्का सदस्य पम्फा धमलाले पनि यो मेला मुलुकको पर्यटन क्षेत्रका लागि अत्यन्तै महŒवपूर्ण कार्यक्रम भएकाले हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्ने जोड दिइन् । यसैगरी, होमस्टे एसोसिएसन अफ नेपाल (होसान)का अध्यक्ष केशव बडालले मुलुकभरका ७७ वटै जिल्लामा होमेस्टेको सञ्जाल रहेको बताउँदै यस मेला सफल बनाउन आफूहरूले पनि सक्दो सहकार्य गर्ने प्रतिबद्धता जनाए । मेला संयोजक माधवप्रसाद सुवेदीले ‘डोमेस्टिक टुरिजम मार्टको कार्ययोजना तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले अहिलेदेखि नै स्टल बुकिङ सुरु भइसकेको जानकारी गराएका थिए ।


जनता भ्वाइस 








