images
images

प्यारासुट प्रर्दशनका क्रममा दुर्घटना

काठमाडौं । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ ।

प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन्। प्राविधिक कारणले सही अवस्थाले ल्याण्ड नभएर सो दुर्घटना भएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए ।

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।