काठमाडौं । भूकम्प लगत्तै भारतले लगाएको अघोषित नाकावन्दीपछि काठमाडौवासीले ग्यास अभावको अनुभव गरेका थिएनन् । नाकावान्दीको समयमा एक सिलिण्डर ग्यासका लागि चार दिनसम्म सिलिण्डर कुरेर ग्यास डिपोमा बसेको अझै बिर्सेका छैनन् सर्वसाधारणले ।
सरकारले कमिसन नवढाएको भन्दै ग्यास उद्योगीले ग्यास बिक्री बन्द गरेपछि फेरि डिपोमा सर्वसाधारणको लाईन सुरु भएको छ । तर, कसैको फुर्सद नहुने भएकाले ग्यासमा लाइन बस्ने जिम्मा आफ्नै भएको बताइन् । विक्री केन्द्रले दिनमा ८० ओटा मात्र सिलिण्डर आउने र सोह्री अनुसार वितरण गर्ने जानकारी दिए । सिलिण्डरको लाइनमा पछाडी बसेकी लक्ष्मी प्रश्न गर्दै थिइन् मेरो पालो कहिले आउछ ?