एजेन्सी । आर्सनलले बर्नमाउथबिरुद्ध ५–१ को जित निकालेको दिन बुधबार राति इङलीस प्रीमिएर लिग फुटबलमा म्याचेष्टर युनाइटेडले क्रिष्टल प्यालेसमाथि जित दर्ता गरेको छ । जितसँगै आर्सनल २८ खेलबाट ५६ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहँदा म्यानचेष्टर युनाइटेड समान खेलबाट ५५ अंकसहित पाँचौं स्थानमा छ ।
गएराति बर्नमाउथबिरुद्ध जित निकाल्न आर्सनलका मेसुट ओजिल, हेन्रीक, लोरेन्ट, पेरी इमरीक र अलेक्सान्दर लक्काजेटले गोल गरे । लेस मासेटले १ गोल फर्काए पनि बर्नमाउथलाई विजय बनाउन सकेन् ।
म्यानचेष्टर युनाइटेडको जितमा रोमेलु लुकाकुले २ तथा योङले १ गोल गरे । क्रिष्टल प्यालेसका जोइल वार्डले १ गोल फर्काएका थिए । क्रिष्टलको मैदानमा पाहुना टोली युनाइटेडले ३३ औं मिनेटमा लुकाकुको गोलबाट अग्रता लिएको थियो ।
५२ र्औं मिनेटमा लुकाकुले अग्रता दोब्बर बनाउँदा क्रिष्टलले ६६ औं मिनेटका अग्रता घटाएको थियो । खेल सकिन ७ मिनेट बाँकी रहँदा योङले गोल गर्दै युनाइटेडको जित ३–१ ले पक्का गरे ।