images
images

एनआइसी एसियाका सबै शाखामा स्मार्ट टेलर

काठमाडौं – एनआइसी एसिया बैंकले सम्पूर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलरमा रुपान्तरण गरेको छ । स्मार्ट टेलरमार्फत बैंकका ग्राहकहरूले बिना चेक नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्नेछन् ।

यसबाट डिजिटल बैंकिङको विकासमा थप उचाई प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । एनआइसी एसिया पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, संस्थागत सुशासनलगायत विषयमा केन्द्रीत हुँदै आएको छ ।

यसले मुलुकभर २७७ शाखा कार्यालय, २९० एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखा रहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।  यस बैंकको ग्राहक संख्या १४ लाख ५० हजार पुगेका छन् । एनआइसीको कुल निक्षेप भण्डै १ खर्ब ७१ अर्ब रुपैयाँ र कुल कर्जा १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।