images
images

जनउत्थान सामुदायिकको शत प्रतिशत हकप्रद जारी गर्न पुगे धितोपत्र बोर्ड

काठमाडौं, फागुन १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शत प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

हाल जनउत्थानको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयरपश्चात पुँजी ५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रदपछि कायम हुने चुक्ता पुँजीमा १० प्रतिशत बोनस सेयर दिने निर्णय गरसकेको छ । हकप्रद र बोनसपछि यसको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।