images
images

अर्गानिक खेती गर्न समुहगत आउने जो सुकैले निशुल्क बिउ पाउने: वडा अध्यक्ष पाण्डे

सुरेश परियार, बुटवल – पछिल्लो समय कृषि क्षेत्रमा युवाहरुको मोह पनि बढ्दै गएको छ । प्रदेश सरकार र स्थानीय सरकारहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।रुपन्देहीको सैनामैना नगरपालिका खेतिपातिको हिसाबले उर्वरायुक्त छ ।

युवाहरूको आयस्तर वृद्धि तथा स्वदेशमै रोजगारीको सिजृना गर्न समुहमा आउने जो सुकैलाई निशुल्क विउविजन उपलब्ध गराउने सैनामैना नगरपालिका वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेले घोषणा गर्नुभएको छ । नमुना युथ क्लब सैनामैनाद्वारा सामुहिक कृर्षि अन्तर्गत पहिलो खुर्सानि खेतीको विउ रोपेर उद्घाटन गर्दै वडा अध्यक्ष पाण्डेले समूहमा आउने महिला तथा युवा समुह हरुलाई आधुनिक तथा अर्गा्निक सब्जिखेति गरेमा निसुल्क बिऊ उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

स्थानीय स्तर क्षेत्रमा कृषिको माध्यमबाट रोजगार समेत सृजना हुने र उत्पादकत्वमा बृद्धि हुने हुदाँ यस वडालाई कृषि पकेटकै रुपमा विकास गर्ने वडा अध्यक्ष पाण्डेले दावि गर्नुभएको छ ।

क्लबले १० कट्ठा जमिनमा खुर्सानि खेति गर्दै छ । कार्यक्रम क्लबका अध्यक्ष महेश अधिकारीको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।