एजेन्सी – भारतले पाकिस्तान प्रशासित पीओकेमा जैश ए मोहम्मदको अड्डा ध्वस्त गारेको दावी गरेको छ । भारतीय लडाकू विमानले नियन्त्रण रेखा पार गरेको सूचना पहिले पाकिस्तानी सेनाका प्रवक्ताले नै दिएका थिए । त्यसपछि हलचल सुरु भएको थियो । उनले पाकि स्तानी एयसफोर्सको कारवाहीपछि भारतीय वायुसेना पछि हटेको बताए । अहिले यस विषयमा पाकिस्तान पनि तातेको छ । पाकिस्तानी नागरिक सामाजिक संजालमा आफ्नो एयरफोर्सको तारिफ गरिरहेका छन् कि पाकिस्तानी एयरफोर्सको तत्कालको कारवाहीपछि भारतीय वायुसेना पछि हट्नु पर्यो । पाकिस्तानमा ट्वीटरमा बालाकोट, पाकिस्तानी आर्मी र पाकिस्तानी एयरफोर्स ह्याशट्याग ट्रेण्ड गरिरहेको छ ।
पाकिस्तानीहरु यी तीन शब्दलाई ह्याशट्याग बनाएर ट्वीट गरिरहेका छन् । नय्याब कयानीले ट्वीटरमा लेखेका छन् ‘हामी सुतिरहेका थियौं तर हाम्रा जवान जागिरहेका थिए । अल्लाह उनहिरुको साथ दिनू ।’ अरसलन याकूबले लेखेका छन् ‘सय करोड हिन्दू हामीमाथि हमला गर्न तयार छन् तर हामी २० करोड पाकिस्तानी बिना कुनै चिन्ता पिएसएल हेरिरहेका छौं । यो जो ‘इत्मिनान’ छ यसको पछाडि फौजी ‘जवान’ छन् ।’ खुर्रम केटिएसले लेखेका छन् ‘भारतको तर्फबाट हवाइ आक्रमणको पहिलो जानकारी भारतका कृषि मन्त्रीले दिएका थिए । पत्ता लगाउ टमाटर फालेर त गएका छैनन् ?’