images
images

कामना बैंकको नयाँ शाखा चाबहिलमा

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका ७, चाबहिलमा आफ्नो ६६ औं शाखा कार्यालय स्थापना गरेको छ। यो शाखाबाट बैंकले आइतबारदेखि सेवा सुरु गरेको छ।

बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेका हुन्।

राजधानीमा कामनाको यो पाँचौ शाखा हो भने थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बैंकले जनाएको छ।