images
images

‘साङ्गयोङ्ग मोट्र्स’को नयाँ शोरुम पोखरामा

काठमाडौं – आइएम्एस् समूहको नेपालका लागि आधिकारिक बितरक ‘साङ्गयोङ्ग मोट्र्स’ले नयाँ शोरुम पोखरामा सुरु गरेको छ। शोरुम उद्घाटनका अवसरमा मोटर्सले  कम्पनीका बिभिन्न सेवामा पोखराका ग्राहकलाई छुट दिने कम्पनीको भनाइ छ।

साङ्गयोङ्ग मोटर्सले गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निशुल्क गर्ने जनाएको छ। साथै बैंक फाइनान्सको व्यवस्था, ६० हजार किलो मिटर सम्म तिन बर्षे वारेन्टी, ५ बर्ष सम्म फ्रि सर्भिसङ्गि र प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स पोखराको नयाँ बजारमा छ ।

शोरुमको उद्घाट्न अर्थ तथा योजना मन्त्रालयका किरण गुरुङ्ग, मिस नेपाल सृस्टी श्रेष्ठ, आइएम्एस् समूहका अध्यक्ष दिपक मलहोत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइएम्एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपा जेनिशा मोक्तान मलहोत्राले संयूक्त रुपमा गरे। साङ्गयोङ्ग मोटर्स कोरियन लक्जरी एस्यूभी ब्राण्डको अटोमोबिल निर्माण कम्पनी हो । 
गाडी