images
images

‘रियल’ किम आउनु अगावै ‘फेक’ किमको बिदाइ

एजेन्सी – भियतनाम सरकारले उत्तरकोरियाका नेता किम जोङ्ग-उन हनोई आउनु भन्दा २४ घण्टा अगावै किमको नक्कल गर्ने अष्ट्रेलियन होवार्ड एक्सलाई देश निकाला गरेको समाचार जापानको प्रसिद्ध समाचार पत्र आशाही शिम्बुनले दिएको छ ।

किम जस्तै देखिने अष्ट्रेलियन कमेडियन होवार्ड गत शुक्रबार भियतनाम आइपुगेका थिए । उनि सँगै अमेरिकी राष्ट्रपति जस्तै देखिने र ट्रंपको नक्कल उतार्ने उनका मित्र पनि आएका थिए । यी दुवैले हनोईमा मिडिया तथा पब्लिकहरुको ध्यान प्रस्ट खिचेका थिए ।

तर साँच्चिकै दुवै नेताहरु बुधवार भेट्ने गरि आउँदैछन । उनीहरु बीचको मिटिंग बुधवार र बिहिबार हुन गैरहेको छ । निष्कासनमा परेर भियतनाम छोड्न लागेका होवार्डले हनोई एयरपोर्टमा सम्बाददाताहरुलाई “उत्तरकोरियनहरुसँग ‘सेन्स अफ ह्युमर’ नै छैन” भन्नेका थिए ।

“व्यंग्य कुनै पनि तानाशाही बिरुद्धको बलियो हतियार हो” उनले अगाडी भनेका थिए । गत जुनमा पनि उनि ट्रंप र किमको पहिलो भेटवार्ताको अवसरमा सिंगापुरमा थिए र यस्तै व्यंग्यात्मक कार्यक्रमद्वारा मानिसहरुको ध्यान आकर्षित गरेका थिए । त्यतिबेला पनि सिंगापुरका अधिकारिहरुले उनलाई छोटो समयको लागि बन्दि बनाएका थिए ।

होवार्ड २०१८ मा दक्षिणकोरियामा भएको शित ओलम्पिकमा आएर उत्तरीकोरियन टिमको अगाडी नाचेका थिए, तर त्यहाँ पनि उनलाई सुरक्षाकर्मीहरुले टाढा धपाएका थिए ।

प्रतिक्रियाको लागि भियतनामी अधिकारिहरु सोमबार उपलब्ध हुन नसकेको आशाही शिम्बुनले उल्लेख गरेको छ । होवार्डले भने हिजै अधिकारिहरुले आफुलाई कुनै व्यवधान खडा नगर्न चेतावनी दिइसकेका थिए स्वीकारेका थिए ।

भियतनामले राजधानी वरिपरि सुरक्षा ब्यवस्था कडा पारेको छ । होवार्डले आफ्ना पार्टनर रसेल ह्वाइटलाई भने भियतनाममा बस्न दिइएको भएता पनि सार्वजनिक रुपमा देखापर्नबाट अंकुश लगाइएको बताए ।

उनीहरु दुइजनाले सोमबार एक अर्कालाई अंकमाल गरे र चुम्बन समेत गरे, समाचारमा खुलाइएको छ । होवार्डको भियतनामी भूमिमा अन्तिम शब्द “कृपया तेश्रो विश्वयुद्ध नहोस, तिनीहरु एकजोडी व्यंग्यकारहरुसँग डराइरहेका छन्, जो साँच्चिकै जस्ता देखिन्छन” थियो भनि आशाही शिम्बुनले समाचारको बिट मारेको छ ।