काठमाडौं । विवाह तथा पार्टीलाई लक्षित गर्दै काठमाडौको भृकुटीमण्डपमा महाकुम्भ जुत्तामेला सुरु भएको छ । नेपाली जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ भन्ने नाराका साथ भृकुटिमण्डपमा सुरु भएको उक्त मेला शुभविवाहका साथै पार्टीहरुलाई लक्षित गरिएको छ ।
मेलामा नेपालका प्रख्यात ब्राण्ड भेनस , केटिएम , प्यारागन , फुटस्टेप , बोस , जाल्पा फुटवेयर, राइट सुजलगायतका ब्राण्डका नयाँ नयाँ डिजाइन जुत्ताचप्पल राखिएको छ ।

पहिलो पटक २५० भन्दा बढि नयाँ डिजाइनका जुत्ता चप्पल सार्वजनिक गर्दै सुरु भएको मेलामा एक हजारभन्दा बढि डिजाइनका जुत्ताचप्पल ग्राहकले एउटै छाानमुनी छानीछानी किन्न पाउने छन् भने कम्पनीहरुले हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी दिएको छ ।