एजेन्सी – फुटबल क्लब लेसेस्टर सिटीले आफ्ना कोच क्लाउडे पिएललाई १६ महिनापछि बर्खास्त गरेको छ । क्लाउडे १६ महिनाअघि तीन वर्षका लागि क्लबमा अनुबन्धित भएका थिए ।
लेसेस्टरका कोचको यो बर्खास्तगी शनिबार क्रिस्टल प्यालेससँगको हारका कारण भएको हुनसक्ने अनुमान छ । घरेलु मैदानमा लेसेस्टरले क्रिस्टल प्यालेससँग १–४ को नराम्रो हार व्यहोरेको थियो ।
५७ वर्षका क्लाउडेले लेसेस्टरलाई प्रिमियर लिगमा १२ औं स्थानमा छोडेका छन् । क्लबका सहकोच ज्याकी बोनेभेएले पनि क्लब छोड्ने भएका छन् ।