images
images

महिला साफ च्याम्पीयनसिपको खेलतालिका फेरबदल

महिला साफ च्याम्पीयनसिपको खेलतालिका फेरबदल 

काठमाडौं । विराटनगरको सहिद रंगशालामा फागुन अन्तिम साताबाट सुरु हुने पाँचौं महिला साफ च्याम्पीयनसिपको खेलतालिका फेरबदल भएको छ । पाकिस्तानले सहभागिता नजनाउने भएपछि खेलतालिका फेरबदल गरिएको हो ।

 
अब साफ च्याम्पीयनसिपमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । नेपाल रहेको समूह बि मा भुटान र बंगलादेश छन् । समूह ए मा साविकको विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । साफको अन्तिम तयारी इटहरीमा गरिरहेको नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ ।

२८ गते भुटानसँग खेल्दै साफ यात्रा तय गर्ने नेपालले समूहको अर्को खेल चैत २ गते बंगलादेशसँग खेल्नेछ । समूहका शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारतको उडिसामा सम्पन्न हिरो वुमेन्स गोल्डकपमा उपविजेता बनेको नेपाली टोली त्यसताका कमजोरी सुधार्दै इटहरीमा साफको अन्तिम तयारी गरिरहेको छ ।