images
images

गोलभेडा बिकाउन नसक्दा यसवर्ष आर्थिक मारमा परे

वीरगञ्ज । सरुहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गरेको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उनी आर्थिक मारमा परेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उनको व्यापारमा प्रत्यक्ष असर परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भए पनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभेडाको व्यापारमा असर परेको किसानहरुको गुनासो छ ।