रियाध । साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बन्दर अल साउदलाई अमेरिकाको लागि राजदूत बनाएको छ । साउदी अरेबियाले इतिहासमै पहिलो पटक महिलालाई राजदूत बनाएको हो । उनको नियुक्तिको घोषणा शनिबार गरिएको थियो ।
राजकुमारी रिमाले आफ्नो बाल्यकालको केही समय अमेरिकामा बिताएकी थिइन् । पत्रकार जमाल खसोग्जीको हत्या प्रकरणलाई लिएर साउदी अरेबियाको अन्तर्राष्ट्रिय सम्बन्ध अप्ठेरोमा परेको बेलामा साउदी अरेबियाले अमेरिकामा राजकुमारीलाई राजदूत बनाउने घोषणा गरेको हो ।
सो हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको हात रहेको भनेर समेत अन्तर्राष्ट्रिय जगतमा आरोप लाग्दै आएको छ ।