images
images

पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती चन्द्रगडी विमानस्थलमामा

झापा– पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो झापाको चन्द्रगडी विमानस्थलमा भेटिएका छन्। बिहीबार दिउँसो आफैं गाडी चलाएर पूर्व रानी कोमलसँगै ज्ञानेन्द्र विमानस्थल पुगेका हुन्।

पूर्वरानी कोमल काठमाडौं फर्किनु पर्ने भएपछि उनलाई विमानस्थल छाड्न ज्ञानेन्द्र पुगेका हुन् । कोमल श्री एयरको विमानमा काठमाडौं फर्किएकी छन्।

कोमललाई विमानस्थलमा छाडेर ज्ञानेन्द्र आफ्नै निवासमा फर्किए । काठमाडौंमा भदाहरुको विवाहमा सहभागी हुन कोमल फर्किएको पूर्वराजा ज्ञानेन्द्रका श्वकीय उप सचिव दिपक श्रेष्ठले जानकारी दिए।

उनीहरु गत माघ २४ गतेदेखि झापाको दमकस्थित चिया वगानमा रहेको आफ्नै निवासमा बसिरहेको श्रेष्ठले जानकारी दिए।

यो समयमा उनीहरु कुनै पनि औपचारिक कार्यक्रममा भने सहभागी भएनन्। चैतको दोश्रो सातासम्म दमकमै बस्ने बताइएको छ।