images
images

सामाजिक सञ्जाललाई बन्द गर्न खोजिएको होइन: सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकलु बाँस्कोटाले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट पारेका छन् । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्विटर तथा युट्य्बलाई नियमनमात्र गर्न खोजिएको बताए । “विचारलाई रोक्न खोजेको होइन । कसैलाई प्रतिबन्ध लगाएको पनि होइन ।

फेक आइडी बनाएर जथाभावी लेख्ने कुरालाई नियन्त्रण गर्न खोजेको हो,” उनले भने, “जातिय सद्भाव, लैंगिक सद्भाव, राष्टि«य सार्वभौमिकतामा विध्वंश मच्चाउँदै हिँडेको छ भने त्यसलाई यत्तिकै छोडिदिने ?” संसारको प्रयोग पनि हेर्न आग्रह गर्दै मन्त्री बास्कोटाले कुनै व्यक्तिले बोल्न नपाउने, लेख्न नपाउने अवस्था नआउने प्रष्ट पारे । 

“सामाजिक सञ्जालको गलत प्रयोगलाई भारतमा पनि नियन्त्रण गरिएको छ । २४ घण्टाभित्र हटाउनुपर्छ । जर्मनीमा ६ करोडसम्म जरिवानाको व्यवस्था छ,” उनले भने । सामाजिक सञ्जाल र मेनस्ट्रिम मिडिया एउटै नभएको भन्दै उनले यसमा प्रेस स्वतन्त्राता भएन भन्नु सान्दर्भिक नहुने तर्क गरे ।