images
images

धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने चेष्टा नगर्न ओलीको चेतावनी

काठमाडौं । राप्रपाले हिन्दु राष्ट र राजा अट्नेगरी गोलमेच सम्मेलनको माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी राजालाई शक्तिमा ल्याउने गल्ती नगर्न बताएका छन् ।

मंगलबार बालुवाटार पुगेर राप्रपाले २२ बुँदे ज्ञापन पत्र बुझाउँदै हिन्दू राष्ट्र र राजा अट्नेगरी गोलमेच सम्मेलनको माग गरेको थियो । बुधवार सुदुरपश्चिमको प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भागेर दिल्ली पुगेका राजालाई फर्काउँदा नेपाली जनताले दुख पाएको जवाफ दिएका छन् । उनले धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने चेष्टा नगर्न चेतावनी पनि दिएका छन् ।

‘भागेर हिडेका राजालाई दिल्लीबाट डोकोमा बोकेर ल्याउँदा नेपाली जनताले कति दुख पाए, त्यो गल्ती फेरी गरिदैन’, प्रधानमन्त्री ओलीले भने ‘धर्मका नाममा राजनीति गरेर प्रतिगमण फर्काउने चेष्टा गरिएको छ, त्यो सरकार चुपचाप हेरेर बस्दैन ।’

प्रधानमन्त्री ओलीले नेपालको विकासमा बाधा पुरयाउने र नेपालको अन्तराष्टिय सम्बन्ध विगार्न खोज्ने तत्वसँग सजग भएको बताए । ‘विकासमा वाधा पुरयाउने काम भइरहेको छ, नेपालको अन्तराष्टिय सम्बन्ध विगार्न खोजिदैछ’, प्रधानमन्त्री ओलीले भने ‘यो सरकार आँखा हेरेर, कान खोलेर बसिरहेको छ, सवैका गतिविधि नियाली रहेको छ ।’