images
images

दुर्घटना हुँदा २ जनाको ज्यान गयो

बझाङ्ग । बझाङ्गमा बाईक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १ जना सामान्य घाईते भएका छन् । मंगलबार राति १० बजे जयपृथ्वी नगरपालिका ७ तमैलबाट चैनपुरतर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको पल्सर बाईक दुर्घटना भएको हो ।

दुर्घटनामा परी जयपृथ्वी नगरपालिका ७ का २१ बर्षिय प्रेम हमाल र जयपृथ्वी नगरपालीका १० का २२ बर्षिय पवन छत्यालको ज्यान गएको, छ भने बाईकमा नै सबार आकाश सिंह सामान्य घाईते भएका छन् ।

जयपृथ्वी नगरपालिका वडा नं. ७ माल्लालाग्नेपड भिरमा सडकबाट करिब १५० मिटर तल सेति नदीमा शव भेटिएको थियो, भने ५० मिटर बिचमा बाईक अड्किएको जानकारी दिएको छ । घाईते आकास सिंहकको जिल्ला अस्पताल सिमखेतमाउपचार भईरहेको छ ।

रातिको समयमा मदिरा सेवन गरेर बाईक चलाएको र क्षमताभन्दा बढी सवार भएको कारण घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएकाे छ ।