
काठमाडौ । ब्याज दर घटाउन व्यवसायीको दबाब पछि राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै पुनर्कर्जाको ब्याज १ प्रतिशत घटाइएको छ। सोमबार साझ भएको मौद्रिक नीतिको छलफलले पुर्नकर्जाको ब्याजमा १ प्रतिशत घटाउने निर्णय भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रबैकंका गर्भनर डा.चिरन्जीवि नेपाल र नेपाल उद्योग बाणिज्य महासंघ बीच अर्थमन्त्रालयमा भएको छलफल निश्कर्षविहिन भएपछि समस्या समधानको लागि गर्भनर नेपाललाई अर्थमन्त्रीले निर्देशन दिएका थिए ।
अर्थमन्त्रीको निर्देशन पछि गर्भनर नेपालले मौद्रिक नीतिको छलफलपछि मात्र टुंग्गोमा पुग्ने जवाफ अर्थमन्त्री खतिवडालाई दिएका थिए । मौद्रिक नीतिको बैठकले पुनर्कर्जामा १ प्रतिशत घटाउने निर्णय भएको हो । राष्ट्र बैंकको निर्णय अनुसार अव उद्योगीहरुले बढिमा बढिमा ८ प्रतिशतमा ऋण पाउने छन । पुनर्कर्जा कोषलाई ३५ अर्बबाट ५० अर्ब पुर्याइने भएकोछ। राष्ट्र बैंकले ६ महिनाअघि २० अर्बको कोषलाई ३५ अर्ब पुर्याएको थियो।
अर्थमन्त्री खतिवडा, गर्भनर नेपाल र व्यवसायीहरु बीच दिउँसो भएको छलफलमा पुनर्कर्जाको व्यवस्था गर्ने, उत्पादनमुलक उद्योगहरुलाई व्याजदर कम गर्ने विषयमा जोड दिइएको थियो ।
राष्ट्र बैंकको सोमबार साँझको सञ्चालक समिति बैठकले समिक्षा पारित गरी वेवसाइटमार्फत सार्बजनिक गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पूँजीको सत प्रतिशत विदेशबाट ऋण ल्याउन पाउने भएका छन। अहिले ५० प्रतिशतसम्म मात्र ल्याउन पाउने ब्यवस्था थियो। प्राथमिकता प्राप्त क्षेत्रको ऋणको ब्याज प्रिमियम राष्ट्र बैंकले तोक्ने भएको छ।