images
images

धादिङमा डन्डीबियो प्रतियोगिता सुरु

धादिङ । धादिङको धादिङबेसीमा आइतबारदेखि डन्डीबियो प्रतियोगिता सुरु भएको छ । जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डन्डीबियो संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाभरका ४३ ओटा विद्यालयले सहभागिता जनाएका छन् ।

आइतबार भएका खेलमा लापा मावि र भैरवी मावि विजयी भए । नयाँ पुस्तालाई खेलसम्बन्धी जानकारी दिन र खेलको जर्गेना गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।प्रतियोगिता तीन दिनसम्म चल्ने जनाइएको छ ।