images
images

राजीनामा माग गर्दै त्रिवि उपकुलपतिको कार्यालय घेराउ

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को विद्यार्थी संगठनले त्रिवि उपकुलपतिको कार्यालय घेराउ गरेका छन ।  स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यालय एकघण्टा घेराउ गरेका हुन् ।

फागुन १४ गतेका लागि तय गरिएको निर्वाचनको कार्यतालिका आज (सोमबार) सार्वजनिक गर्नुपर्ने थियो । तर, त्रिविले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छैन । दुवै संगठनले निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । 

घेराउमा सहभागी विद्यार्थीले निर्वाचन टार्न लागि लागेको भन्दै उपकुलपति खनियाँको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सत्तारुढ दल सम्वद्ध विद्यार्थीले नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियू निर्वाचन टार्ने चलखेल भइरहेको आरोप लगाउँदै आएका छन् ।