images
images

दमकल नै नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी !

काठमाडौं । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् ।

त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् ।

विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।