images
images

अधिनायकवाद सुरु भयो : राप्रपा संयुक्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले चर्चित गायक पशुपति शर्माको लुट्न सके लुट… बोलको गीत सरकारले युथफोर्स लगाएर बन्द गर्न बाध्य पारेको आरोप लगाएको छ । 

राप्रपा संयुक्तले आइतवार एक वक्तव्य जारी गर्दै शर्माको गीत बन्द गराएर सरकारले जनताको आधारभूत मौलिक हकमा गम्भीर प्रहार गरेको पनि जनाएको छ । 

राप्रपा संयुक्तले वर्तमान सरकारबाट पत्रिका लगायत अन्य सञ्चारमाध्यममा पनि सेल्फ सेन्सरसिप गर्न बाध्य पारेको आरोप लगाउँदै शर्माको गीत पनि सोही नीति अनुसार युट्युबबाट हटाउन बाध्य पारिएको जनाएको हो । 

‘भ्रष्टाचारविरुद्धको व्यंग्यात्मक गीत बन्द गराउन नेकपाले आफ्नो युवक संगठन युथ फोर्सलाई अघि सारेर सामाजिक सञ्जालबाट हटाउन बाध्य पारेको छ’, पार्टीका सञ्चार समिति संयोजक राजेन्द्र गुरुङले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज अधिनायकवादको सुरुवात पनि हो ।’