images
images

“आलोचनात्मक टिप्पणी गर्दा कलाकारले शब्दमा पनि ध्यान पुराउनुपर्छ”

काठमाडौँ । पशुपति शर्माले ‘मलाई अमेरीका पनि यहीं’ गीतबाट अत्यन्तै प्रभाबित गरायका थिए । त्यो गित नेपाल मै केही गर्न पर्छ भन्ने नेपाली युवाहरुको मन मनमा बसेको थियो । अत्यन्तै लोकप्रिय बनेको थियो ।

श्रस्टा ,सर्जक,कलाकारले देशको हितमा लेख्न पर्छ , स्वभिमानको गित गाउन पर्छ त्यसैले आलोचनात्मक टिप्पणी गर्दा पनि शब्दमा ध्यान पुराउनुपर्छ । राज्यसत्ताको बदनाम नगरौ । शब्दको माला उन्दा पनि कहाँ असर गर्छ ? ख्याल गर्नु पर्छ । आफ्नो कलाको स्वतन्त्रता को उपभोग गर्दा कर्तव्य र जिम्मेवारी को पनि बोध हुनुपर्छ । पशुपति जि को नयाँ गीतमा उहाँकै भनाईमा “असावधानीवश केही विवास्पद शब्दहरु देखिएकाले सो गीत फिर्ता लिएर नयाँ गीत ल्याउने” निर्णयबाट म झनै प्रभावित भएको छु ।

गित प्रतिबन्ध भनेर किन रोइलो गरेको ? कसले कहाँ लगायो प्रतिबन्ध ? गायक स्वयंले सच्याउछु भनेर आत्मालोचना गरीसक्दा पनि केहि साथीहरू लाई किन यत्रो आपत्ति ? अर्को देशले नाकाबन्दी गरेको बेला मुलुकमा आम जनता लाई स्वाभिमानको भोक जगाउनु हुने स्वाभिमानी रास्ट्रवादी रास्ट्र नायक बर्तमान राज्य सत्ता संचालक जसले सारा जीवन रास्ट्रको लागि समर्पण गरेका छन् । देशमा कोही बेरोजगार नहुन भनेर अनेकौं योजना ल्याउने , देश समृद्ध हुन पर्छ भन्ने उनै प्रधानमन्त्री लाई यमराज भन्ने शब्द कसरी व्यक्त गर्न सकेको ? अनि यहीँ कुरामा नाचिदिन पर्ने ? अर्को पंक्तिमा हेलिकप्टरको कुरामा रास्ट्रपति लाई जोडिएको छ, त्यो हेलिकप्टर कस्को लागि किनियको हो? कमसेकम बुझेर त गितको शब्द संयोजन गर्न पर्छ ।

सेनाको निमित्त किनियको हेलिकप्टरमा कुनै अत्यावश्यक काममा हेलिकप्टर चढ्दा रास्ट्रपति जस्तो मुलुकको सम्मानित संसार माथि यसरी बोल्नु हुदैन नि । सम्मानित संस्था लाई सदैव संमान गर्न पर्छ । बिसङ्गती माथी ब्यङ्ग गर्न पर्छ तर देशमा निराशा फैलाउने काम कसैको निम्ती पनि हितकर हुन सक्दैन । हामी कहाँ यस्तै नराम्रो मात्र हुन्छ भन्ने शन्देश कदापि दिन हुदैन । सर्जक कबि कलाकार देशका महत्त्वपूर्ण अंग हुन कोही कसैको लहडमा गित गाइनु हुदैन ।