images
images

होराइजन क्रिकेट क्लब ‘ए’ डिभिजन क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । होराइजन क्रिकेट क्लब विराटनगरमा जारी लायन्स क्लब अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विनायक क्रिकेट क्लबलाई १ सय ३५ रनले पराजित गर्दै होराइजन फाइनलमा प्रवेश गरेको हो ।

विराटनगर– १९ मा रहेको बैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ५ बलमा सबै विकेट गुमाई २ सय रनको मध्यम योगफल तयार पारेको थियो । जस्मा अश्विीनी कामतले ३२ रन,रेवतीरमन यादवले २७ रन,राजन मगरले २४ रन र उत्सव बरालले २२ रनको योगदान दिए । विनायकका लागि चरण यादव, अमित रोय र सुमन मण्डलले समान २–२ विकेट लिए ।

जवाफमा २ सय १  रनकोे मध्यम लक्ष्य पछ्याएको विनायकले २० दशमलव ५ बलमा सवै विकेट गुमाएर  ६५ रनमा सीमित भयो । जस्मा सिद्धान्त साहले २१ रन र विशाल मण्डलले १५ रनकोे योगदान दिएका थिए  । होराइनलका म्यान अफ दि म्याच दिपेश कँडेलले १० ओभरमा १ मेडन राख्दै २५ रन दिएर ५ विकेट तथा कप्तान पुष्प थापाले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ५ विकेट लिए । सोमबारको अन्तिम सेमिफाइनल खेल गुराँस पुस्तकालय र एग्रोभेट क्रिकेट क्लबबीच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिएका छन् ।