काठमाडौं । बोधी श्रवण धर्म संघले आयोजना गरेको तीन दिने मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पूजा प्रार्थनामा झन्डै ५० हजार भन्दा बढी अनुयायीहरुको सहभागिता रहेको छ । सिन्धुली स्थित आश्रमबाट गरिएको पद यात्रा एवंम् शान्ति मैत्री पूजा प्रार्थनामा विभिन्न राष्ट्रबाट पनि हजारौँ विदेशी अनुयायीहरु आएको संघले जनाएको छ ।
एक विदेशी अनुयायी ‘टुन पयबन थाई’ले गरेको फेसबुट लाईभमा देखाइएको दृश्यमा हजारौँ अनुयायीहरुलाई देख्न सकिन्छ । लइभमा बोल्दै उनले ‘महा सम्बोधि धर्म संघ गुरुज्यू’ भन्दै रामबहादुर बम्जनलाई सम्बोधन गरेकी छन् ।
भिडियोमा बम्बजनका अनुयायीहरुलाई निलो वस्त्रमा देख्न सकिन्छ । महिला र पुरुषको दुई छुट्टा छुट्टै लाइनमा रहेका अनुयायीहरु शान्त मुद्रामा बम्जनको प्रार्थना गर्दै हिडेको देख्न सकिन्छ ।
देश तथा विदेशबाट आएका उनका अनुयायीहरुले स्वस्फुर्त रुपमा आँफै आएको बताएका छन् । कुनै प्रलोभन र दबाबमा नभई बम्जन प्रतिको आस्था र विश्वासले आफुहरुलाई तानेको उनीहरुको भनाई छ । विहीवार देखि शुरु भएको पद यात्रा र पूजा शनिबारसम्म चल्नेछ ।
निस्वार्थ र निरर्थक व्रत बसि खालि खुट्टा हिडेर विभिन्न ठाउँबाट आएका अनुयायीहरुले धर्म गुरु प्रति आफुहरुको ठूलो सम्मान र विश्वास रहेको बताएका छन् । उनीहरुले बम्जनलाई भग्वान भनेर सम्बोधन गरेका छन् । पछिल्लो समय बम्जन माथि लागेका कथित आरोपहरु अनुयायीहरुले अस्वीकार समेत गरेका छन् ।
अनलाइन टीभी नेपालले अनुयायीहरुसँग लिएको (भिडियो)
यसैबीच बोधी धर्मसंघले पछिल्लो समय गुरु बम्जन माथि लागेको आरोप कपोकल्पित र निराधार भएको बताएका छन् । नेपालको मौलिक धर्मको रुपमा विकास हुन थालेको मैत्री धर्ममाथि प्रहार गरी निहित स्वार्थ पूर्ति गर्न लागि परेकाहरुले अनावश्यक प्रचार गरिरहेको बताइएको छ ।