images
images

अनशनरत डा.केसी र थापालाई काठमाण्डौ ल्याईयो

झापा माघ ४, प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

यसैगरी सोही चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नु पर्ने लगायत माग सहित इलाममै विगत आठ दिनअघि आमरण अनशन बस्न शुरु गर्नुभएका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले उहाँलाई पनि काठमाण्डौ ल्याईएको छ ।

गए राति प्राडा केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल ल्याइपु¥याएपछि प्राडा केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले तत्कालै उहाँलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।