काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
सहमति र्कायान्वयनको माग राख्दै डा. केसी शुक्रबारदेखि इलाममा अनसनरत छन् ।
१६ औं पटक अनसनमा बस्दा डा. शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अपि्रय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् ।


जनता भ्वाइस 







