काठमाडौं । इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीकाे समर्थनमा काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरिएको छ।
डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै सोलिडारिटी फर डा केसी एलाइन्सले शनिबार माइतीघरमा प्रदर्शन गरेको हो। उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। सरकारले विगतमा डा. केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ। सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गएर डा केसी अनशनमा बसिरहेका छन्।
तर, सरकारले सम्झौता कार्यान्वयनका लागि कुनै चासाे देखाएकाे छैन।