काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा मार्ने रहर नगर्न सुझाव दिँदै राम्रो काम जसले गर्छ उसले जस लिने बताएका छन् ।
संसदमा आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जवाफ दिदै भने, ‘ राम्रो कामको ज–जसले जस लिएपनि हुन्छ । नीति तथा कार्यक्रमम सदनको सर्वस्वीकृत हो । यसको जस पनि सदनले पाउनुपर्छ । यसमा कसको प्याटेन्ट राइट छैन । किन दन्तबझान गर्ने ? किन खिसीटीउरी गर्ने ?’ ओलीले आफ्नो कार्यकालमा गरेका राम्रा कामप्रति प्रतिपक्षले सहन नसकेको भन्दै राम्रा कामको प्रशंसा गर्न भुल्न नहुने बताए ।
उनले सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०÷६० अर्ब व्ययभार बोक्नुुपर्ने भएकाले यो बाटो रोजेको दावी गरे ।
‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’ प्रधानमन्त्री केपी ओलीको काँग्रेस र आन्दोलनरत कर्मचारीप्रति संकेत गर्दै कटाक्ष गरे ।