काठमाडौं । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलान (प्रदीप वालाचन) को संस्मरणत्मक कृति ‘नलेखिएका गाथाहरु’ आजदेखि बजारमा आएको छ ।
अनामनगर स्थित संवाद डबलीमा आज एक कार्यक्रमकाबीच ‘नलेखिएका गाथाहरु’ कृतिको विमोचन गरिएको हो ।
तत्कालिन माओवादी ‘जनयुद्ध’का ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका संस्मरण पुस्तकमा समावेश गरिएको छ ।
सशस्त्र संघर्षका भोगाई तथा युद्ध मोर्चाहरु कृतिमा समावेश गरिएको घलानले बताए ।
उनले भने, ‘संस्मरणमा जनयुद्धकालको जीवन उतार्ने कोशिस गरेको छु ।’ साँढे १७ वर्षको कलिलो उमेरमा तत्कालिन नेकपा माओवादीमा लागेका घलानको कृतिमा सशस्त्र संघर्ष देखि जनआन्दोलन सम्मका क्रममा भएका घट्नाहरुको संस्मरण ३६ भागमा समेटिएका छन् ।
उनको यसअघि नै रणमैदान (कविता संग्रह), मेरो माटो (कविता संग्रह) र सगिर्दा भित्रबाट (कविता संग्रह) प्रकाशित भइसकेका छन् ।