काठमाडौं । मन्त्रिपरिषद् बैठकले पाथिभरादेवी दर्शन केबलकार योजना सञ्चालनका लागि वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै विभिन्न १२ निर्णय गरेको हो।
बिहीबार सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार भेटघाटमा निर्णय सार्वजनिक गरेका हुन्। सरकारले घोषणा गर्ने सार्वजनिक बिदा सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह, सहरी विकास, पर्यटन नागरिक उड्डयनमन्त्रीको सहभागीतामा कार्यदल गठन, साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृतलगायत निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
बिहीबार सार्वजनिक भएका मन्त्रिपरिषद्का १२ निर्णय :