काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। राणाले बुधबार बिहान शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायत सहभागी थिए।


जनता भ्वाइस 








