काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावमा भ्रष्टाचार भएको दाबी गर्दै आएको मणि कुँवर समूहले सार्वजनिक गरेको टेलिफोन संवादपछि आर्थिक अनियमितताको थप आरोपहरु लगाएको छ ।
कुँवर निकट मानिएका काठमाडौं, ललितपुुर, भक्तपुर र धादिङका फुटबल संघका अध्यक्षहरूले गएको बुधबार पत्रकार सम्मेलन गरी रकमको चलखेलबारेको अडियो सार्वजनिक गरेका थिए ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराट जंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा र ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आग्रह पूर्वाग्रह र कुण्ठाबाट नभई फुटबलमा भइरहेका अनियमितताको यथार्थ ल्याएको बताएका छन् ।
अनियमितता र भ्रष्टाचारको प्रमाण आइसकेकाले यथाशिघ्र छानविन हुनुपर्ने र संलग्नलाई निलम्बन गरी अनुसन्धान गरिनुपर्ने उनीहरुको माग छ । प्रमाण नस्ट हुनसक्ने डरसमेत रहेको भन्दै उनीहरुले छानविनमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
हेर्नुस् आरोपहरु