काठमाडौं । ट्रफिक प्रहरीले कुनै वैकल्पिक मार्ग विनै पुरानो बसपार्क देखि भुकृटिमण्डसम्म रहेका बस स्टेसनहरु हटाउँदा आम नागरिक प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेविसंघ आर.आर.क्याम्पस इकाईका अध्यक्ष सन्जिव ढकालको नेतृत्वमा गएको टोलिले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तलाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयमा पूर्नविचार गर्न माग गरेको छ ।
राजधानिमा बढिरहेको ट्राफिक व्यवस्थापन र आम सर्वसाधरणले भोगिरहेको समस्याको कुनै वास्ता नगरी अवैज्ञानिक रुपमा गरिएको सो निर्णले विशेष गरी त्यस क्षेत्रका कलेजमा अध्ययन गर्ने विद्यार्थी प्रभावित भएको जनाएको छ ।
वैकल्पिक व्यवस्था गरेर विद्यार्थी र आम नागरिकका लागि सहज वातावरण निर्माण गरि दिन पनि आग्रह गरिएको छ । आफूहरुको मागको सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रने नेविसंघले चेतावनि दिएको छ ।