images
images

कार्यकर्ता को नाममा एक लाख भन्दा बढिको अक्षयकोष स्थापना

२४ भाद्र । वाणगंगा नगरपालिकाको श्रीउच्च मा वि झण्डाका नेपाल विद्यार्थी संघ ईकाई समितिका सभापति २४ वर्षे स्वर्गीय सरोज खनालको स्मृतिमा १ लाखको अक्षयकोष खडा गरिएको छ । विद्यालयमा आयोजित एक समारोहका बिच सो रकम बिद्यालयलाई हस्तान्तरण गरिएको थियो । नेवि संघ सिद्धार्थ क्याम्पस बुङची र क्षेत्रीय समिति कपिलवस्तु छेत्र न:.१ द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेका केन्द्रिय सदस्य सांसद अतहर कमालले सो रकम बिद्यालयलाई हस्तान्तरण गरेका थिए । गत असार २२ गते खनालको मृत्यु भएको थियो । अक्षयकोषबाट आउने ब्याजले बिद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार बिद्यार्थीलाई छात्राबृत्रि दिने खनालका बुवा जेद प्रसाद खनालले बताए । सो अवसरमा सांसद कमालले संघले एक होनाहार युवा गुमाएको प्रति समबेदना प्रकट गर्दै संघले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

नेविसंघ सधैव आफ्ना कार्यकर्ताको संरक्षण गर्दै बिध्यार्थिका हक हितका लागि लागि पर्नु पर्ने बताउनु भयो।यस्ता सामाजिक कार्यले नेविसंघलाई र समाज सङघ अझ थप नजिक बाट समाजले नियाल्ने मौका पाउने र राम्रो कामले नै नेविसंघ प्रती बिस्वस्नियता बढाउदै लैजाने बताउनु भयो।नेविसंघ ले गरेका रचनात्मक कार्यमा सधैव साथ रहेन प्रतिबद्धता समेत गर्नुभएको थियो।यस्ता कार्यले आफ्ना कार्यकर्ता र बिध्यार्थि,समाज सबैमा राम्रो सन्देश जानेछ र यस्ता कार्यले बिध्यार्थिलाइ थप सहयोग पुग्दै जाने बताउनु भयो। झन्डा बिध्यालय लाई आफुले पनि सक्दो सहयोग गर्ने र बिध्यालयको समग्र हक हित का लागि जस्तो सुकै सहयोग पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।सङगसङगै अक्षयकोष को स्थापना पश्चात् गरिब जेहेन्दार बिध्यार्थिको पढाइमा केही टेवा अवस्य पुग्नेछ भन्दै अझ थप सहयोग गर्नुपरेमा पछि नहटने भन्दै आगामी दिनमा झण्डा गाउँ समाज र बिध्यालयको समग्र चौतर्फी बिकासका लागि लागिपर्ने बताउनुभयो। उहाले समाजमा यस्ता सकारात्मक काममा लाग्न सघलाई आग्रह गर्नुभएको थियो।कार्यक्रममा संघका सह महामन्त्री बिशिस्ठ अतिथि प्रकाश घिमिरे ले नेविसंघ सदैव कार्यकर्ताको सुखदुःख मा साथ दिदै बिध्यार्थी बर्गको निम्ति संघर्ष गरिरहेको बताउनु भयो।

बिध्यार्थी लाई प्रयोग मात्र हैन सङघमा आबद्ध भएपछि तिनिहरुका लागि पनि केही गर्नुपर्ने हुन्छ जुन आज सिद्धार्थ क्याम्पस र छेत्र न १ नेविसंघ ले गर्यो यो अति नै सर्हानिय छ नेविसंघ कपिलवस्तुको इतिहासमै पहिलोपटक र जहाँ सम्म केन्द्रले गर्न नसक्ने काम छेत्र र एउटा इकाइले गरेर देखायेको छ यो अति नै राम्रो हो भन्दै धन्यवाद समेत दिनुभएको थियो।तेस्तै तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी ले नेविसंघ लाई सधैव तरुण दल ले साथ दिने भन्दै अगाडि अझ सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो।परिवर्तनका बाहक बिध्यार्थी जसले देश हाक्ने सामर्थ्य राख्दछन ती ब्यक्तिहरु आफ्नो घरपरिवार आफ्नो भबिस्य नहेरी समाज र पार्टीका निमित्त खटिने कार्यकर्ताको उचित मुल्यांकन हुनु पर्ने र त्यस्ता ब्यक्तिलाई यस्ता कार्यले अझ थप प्रेरणा मिल्ने बताउदै स्व.सरोज खनाल एक होनहार युवा आज नेविसंघले गुमाउदा सिङ्गो नेविसंघ मात्र नभैइ पार्टी,तरुण दल नै दुखी रहेको बताउनु भएको थियो। ने वि संघ जिल्ला सभापति राकेश पाण्डेय,महाधिवेशन प्रतिनिधि छबिलाल नेपाली,नेका छेत्रीय उपसभापति सालिकराम चौधरी,नगर सभापति बिश्व थापा, क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेल, प्राचार्य कृष्णा टंडन,बिब्यस अध्यक्ष कमल प्रसाद खनाल, समाजसेवी मोहन ज्ञवाली, कार्यक्रम संयोजक मीन थापा ले कार्यक्रम को बारेमा प्रस्ट्याउदै नेविसंघले गरेका कार्य र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

नेका जिल्ला सदस्य रबि काफ्ले लगायतले मन्तब्य दिएका थिए । सिद्धार्थ क्याम्पस इकाई समितिका सभापति दिनेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोबिन्द आचार्यले गरेका थिए । सो अवसरमा क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले ने वि संघमा आवद्ध विद्यार्थीहरुको हकहितको लागी सामाजिक सहयोगका कामहरु गर्दै जाने बताए।सधैव बिध्यार्थीका लागि लडेन एकमात्र बिध्यार्थी सङघठन नेविसंघ सामाजिक कार्यका लागि बिध्यार्थिका हक हितका लागि सधैव लाग्ने र बिध्यार्थिकी सुखमा मात्र हैन परिवारको दुखमा साहारा बन्ने काम नेविसंघले गर्ने बताउनु भयो।