images
images

जन्मदिन मनाउने तरिका फरक बन्दै

कपिलबस्तु , साउन २५ पछिल्लो समय मानिसहरु आफ्नो जन्मोत्सवको अवसरमा गरिने भड्किलो खर्च देखावटि रङ्गीचङ्गी र रमाइलोको साटो समाजिक सेवा भावमा प्रेरित हुन थालेका दृश्यहरु देखिदै आएका छन् । सोहि अवसरमा अफ्नो जन्मदिनको खुसियालिमा वाणगंगा नगरपालिका वडा नम्बर ८ मा एक सामाजिक सेवाभावको सुरुवात गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मी निवासी युवा व्यक्तित्व कमल आचार्य र उहाकी छोरी सृष्टि आचार्यले सोहि वडामा अवस्थित जनसेवा निमावि उदयपुर मोर्मीमा अध्ययनरत वालवालिकाहरुका लागि शैक्षिक सामग्री प्रदान गरि जन्मोत्सवलाई खुसियालीका साथ मनाउनुभएको छ । आर्थिक रुपमा विपन्न सामु्दायीक विद्यालयमा अध्ययन गर्ने करिब २ सय विद्यार्थीहरुका लागि आज शैक्षिक सामग्री प्रदान गर्दै सामाजिक सेवा भावको कार्यको थालनि गर्नूभएको हो । सम्पन्न कार्यक्रम मार्फत विद्यालयको कक्षा १ र २ मा अध्ययन गर्ने सबै विद्यार्थीहरुको लागि एक एक थान पोशाक सहित कापि र कलम प्रदान गर्नूभएको थिायो भने कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि भन्दै विभिन्न शैक्षिक समग्री प्रदान गर्नुभएको छ । वाणगंग नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शिव प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास सस्थाका कार्यकारी संयोजक दुर्गा प्रसाद अर्यालको प्रमूख आतिथ्ता रहेको थियो । कार्यक्रममा जन्मदिनको अवसरमा स्रहानिय कार्यको सुरुवात सँगै सामाजिका कार्यत्रको थालनि गरेको भन्दै विद्यालयका प्रअ ज्ञानप्रसाद पाण्डे, प्रमुख आतिथि अर्याल लगाएतले जन्मदिन पर्ने कमल आचार्य र उहाकी छोरी सृष्टि आचार्यलाई शुभकामना तथा धन्यवाद ज्ञापन गर्नूभएको छ । सामुदायीक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक उन्नयनका लागि उहाले गरेका कार्यले समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको बताउनुभएको थियो । त्यस्तैै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डे सहित विद्यालयका शिक्षक शिक्षिका , अभिभावक , टोल विकास सस्थाका संयोजक सक्रान्ति थारु , जिल्लाका सञ्चारकर्मी तथा जन्मोत्सव मनाउने आचार्य परिवारका सदस्य लगाएतको उपस्थितिका विच विद्यालयका शिक्षक झविन्द्र न्यौपानेको स्वागत मन्तव्य र शिक्षक डासुराम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको छ ।