काठमाण्डौ साउन १८, फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ति चलचित्र हुन् ‘कायरा’ र ‘झमकबहादुर’ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’लाई आर्यन सिग्देलको ड्रिम प्रोजेक्टका रुपमा लिइएको छ ।
कायरा
फ्राइडे रिलिज अन्तर्गत आजबाटै देशका सिनेमा घरमा चलचित्र‘कायरा’ प्रदर्शनमा आएको छ । लक्ष्मण रिजालले निर्देशन गरेको कायरालाई फिलिपिन्स र नेपालको रमणीय ठाँउमा छांयाकन गरिएको छ ।
चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ, रोजेट्टे काय पब्लो लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा पटकथा तथा संवाद केदार भुषालको छ ।
चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह,शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा पटकथा तथा संवाद केदार भुषालको छ ।
कायरामा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ आशिकीको छायाँकन छ ।
आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् भने दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।
झमक बहादुर
नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडी चलचित्र रहेको छ झमक बहादुर’ । चलचित्रका निर्माता मिनकुमार तामाङ हुनु भने निर्देशन भोमन कटुवालको रहेको छ ।
यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा सरापे, राजु कमेडी, सुजाता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित बस्नेतलगायतका अभिनय रहेको छ भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।
कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।