श्रावण-६ तौलिहवा, नेपाल तरुण दल कपिलवस्तु द्वारा बिरोधसभा सम्पन्न गरेको छ।हिजो काठमाडौ मा भएको डाक्टर गोबिन्द केसिको समर्थन र अहिलेको सरकारले गरेका गलत क्रियाकलापका विरुद्ध शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि तरुणदलका केन्द्रिय अध्यक्ष सहित दर्जनौं घाइते भएका थिए। शान्तिपुर्ण आन्दोलनमा प्रहरी द्वारा भएको हस्तक्षेप को विरुद्ध र यो सरकारका गलत कदमको विरुद्धमा तरुणदल केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार कपिलवस्तुले पनि कपिलवस्तुको तौलिहवामा कार्यक्रम सम्पन्न गरेको हो।उक्त बिरोध तरुणदल कपिलवस्तु का अध्यक्ष शक्ति सिंह ठकुरीको अध्यक्षतामा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बाट तौलिहवा बजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो। तरुणदल,नेविसंघ र पार्टीका गरि सयौंको उपस्थितिमा बर्तमान सरकार विरुद्ध नालायक सरकार मुर्दावाद,प्रहरी हस्तक्षेप बन्द गर तरुण एकता जिन्दावाद,जस्ता नारा लाउदै बजार परिक्रमा गरि प्रशासन अगाडि चोक मा आई कोणसभा मा परिणत भएको उक्त कार्यक्रममा कोणसभा लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष शक्ति सिंहले जनताले आफ्ना माग राख्न पाउने अधिकारलाइ पनि यो सरकारले कुण्ठित गरेको भन्दै यस्ता क्रियाकलाप नसच्चायमा अझ सशक्त रुपमा अघि बढने बताउनु भयो।हिजो तरुणदल ले काठमाडौमा गरेको शान्तिपुर्ण प्रदर्सनमा प्रहरी द्वारा गरिएको हस्तक्षेपमा केन्द्रिय अध्यक्ष सहित दर्जनौं नेता कार्यक्रता घाईते भएको भन्दै एस्ता निन्दनीय कार्यले सरकारले जनता प्रतिको बिश्वास गुमाएको बताउनु भयो।जुन किसिम बाट प्रहरी द्वारा फिल्मिशैलिमा हतियार देखाउदै प्रहार गर्ने र निर्ममताका साथ प्रहार गर्ने कार्य भो दुखद भयो र यो कार्य तत्काल सच्चाउनु पर्ने बताउनु भयो डाक्टर गोबिन्द केसि अनसन बसेको ठाउमा गइ अपहरण शैलिमा ल्याउनु तेहाका बिध्यार्थी माथिको प्रहार एस्तो शैली बाट जनताको आवाज दबाउन सकिन्छ भन्ने भ्रमपुर्ण सोचाई यस सरकारले राखेको बताउनु भयो। जनतामुखि कार्यक्रम ल्याउन नसक्नु जनताको आवाज दबाउन खोज्नु यो सबै नकारात्मक मानसिकताको उपज हो र यो सरकारले अधिनायकवादको सपना देखेको बताउनु भयो।सोहि कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस बाणगङगा का नगर सभापति बिष्णु थापा,नेविसंघका प्रदिप पौडेल लगाएतले डाक्टर गोबिन्द केसि का जायज मागहरू पुरागर्नु पर्ने र बर्तमान सरकारले गरेका गलत क्रियाकलाप तत्काल सच्चाउनु पर्ने,जनतामुखि कार्यक्रम ल्याउनु पर्ने र अधिनायकवादि सोछ हटाएर जनताको जनजीवन र हित मा काम गर्नुपर्नेमा जोड दिनु भयो। बर्तमान सरकारको कार्यशैलीका कारण जनताले दुख पाएको भन्दा यस्ता कार्य तत्काल रोक्दै महङ्गी भ्रष्टाचार जस्ता कुराहरुलाई बन्दगर्नुपर्ने बताउनु भयो।कोणसभा को संचालन नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले गर्दै कार्यक्रम बारे प्रष्ट पार्नु भएको थियो ।कोणसभा पछीपनि यो सरकारका विरुद्ध नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालय मा ज्ञापन पत्र बुझाइएको थियो। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले सम्बन्धि त निकाय सम्म तत्कालै यो ज्ञापन पत्र पुराउने र सहि मागहरुलाई हुनेमा बिश्वास ब्यक्त गर्नुभयो।ज्ञापन पत्रमा देशमा शुसासन,शान्ती कायम हुनुपर्ने र अराजकता,महङ्गी, भ्रस्टाचार बन्द हुनुपर्ने माग राखिएको छ।