रुपन्देही साउन २, भैरहवा स्थितमा रहेको White Lotus होटलको कोठा नं. १०७ मा भारतिय अवैध नोट कारोबार भई रहेको सुचनाको आधारमा प्रहरीले रुपन्देही रोहीणी बस्ने दुधनाथ योगी ,भैरहवा -२ बस्ने गणेश थापा,राजु बुढाथोकी र बुटवल-१६ बस्ने हेमराज कठरियालाई पक्राउ गरेको हो ।
उनिहरुबाट प्रहरीले भारु १०००।- दरको २६५० थान र ५००।- दरको ५३०० थान गरी जम्मा भा.रु. ५३,००,०००।- (त्रिपन्न लाख) लाख बरामद गरेको छ । पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजेस्व अनुसन्धान बिभाग हरिहर भवन पठाइको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गराएको छ ।