images
images

सबैको मन तान्ने छेडा पोखरा

प्युठान -३०, असार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ प्युठानमा रहेको छेडा पोखरा प्राथमिक बिद्यालय प्युठान जिल्लाकै एक उत्कृष्ट नमुना विद्यालय अन्तर्गत पर्दछ । भालुवाङ,रोल्पा सडक खण्ड जुडापाटा देखि करिब ४ किलोमिटर टाढा पहाडी ईलाकामा पर्ने विद्यालयको शिक्षक तथा कर्मचारीको ऐक्यबद्धता पनि निकै राम्रो छ । आज स्वर्गद्धारी नगरपालिकाको आयोजना र कालिका बिकास केन्द्र नेपाल सेभ द चिल्ड्रेनको सहयोगमा भएको आकस्मिक विद्यालय अनुगमन कार्यक्रममा छेडा पोखरा प्रा वि सहित अन्य दश वटा बिद्यालयको अनुगमन हुदा सवैको ध्यान छेडापोखराले तान्यो । कक्षाकोठा ब्यवस्थापन ,सरसफाइयुक्त वातावरण ,प्रष्ट देखिने अभिलेखहरु ,सरसफाई,बालमैत्री वातावरण ,विद्यार्थीहरुको संस्कार सहितको अनुशाशन तथा मित्रता र मिलनसारको भावना ,शिक्षण शिकाई क्रियाकलाप शिक्षक तथा विद्यार्थीको लगनशीलता जस्ता कुरा उत्कृष्ट छन् । यि सम्पूर्ण पक्षमा प्रधानाध्यपक श्रीजना पण्डितको ठुलो योगदान र मिहिनेत रहेको स्पष्ट देखिन्छ र रहेको शिक्षक तथा विद्यार्थीहरु बताउछन्। बाल बिकास देखि कक्षा ५ सम्मको भित्तामा टासिएका र बिबाह मण्डवमा सजाईएका धजा पतङ्गा जस्ता बिभिन्न किसिमका शैक्षिक सामाग्रिहरु त झन सर्वोत्कृष्ट पक्ष हो । यसले कक्षाकोठा नै सिंगो किताब जस्तो देखिन्छ । विद्यालयलाई यस्तो बनाउनकालागि साथदिने र सहयोग गर्न कालिका बिकास केन्द्र नेपाल सेभ द चिल्ड्रेनको ठूलो भुमिका रहेको सहायक प्र . अ . रमिता बाठा मगरले बताउनु भयो ।विद्यार्थीको चाप रहेको यश विद्यालयमा शिक्षक दरबन्दी प्रयाप्त मात्रामा नहुदा धेरै समस्या परेको प्रधानाध्यापक श्रीजना पण्डितले बताउनु हुन्छ । प्र.अ., शिक्षक नारायण बहादुर थापा दरबन्दीमा रहनु भएको छ यसै गरि स. प्र.अ. रमिता बाठा मगर राहत दरबन्दीमा हुनुहुन्छ भने बि एड योग्यता भएका गणित शिक्षक आठ हजार पारिश्रमिक दिएर र अङ्ग्रेजी शिक्षक कुमारी घर्ती मगर सात हजार पारिश्रमिक दिएर निजि स्रोतबाट कार्यरत हुनुहुन्छ । विद्यालयको स्रोतले यो पनि धान्न गाह्रो गाह्रो भइरहेको र यो बाध्यात्मक परिस्थिति भएको प्र . अ. पण्डितले बताउनु भयो । उहाले भन्नू भयो “स्रोत र दरबन्दी उपलब्ध भए सुनमा सुगन्ध हुने थियो र हामीले छेडा पोखरालाई सर्बोत्कृष्ट बनाउने थियौं ।” अभिभावकले नै स्थानीय स्तरमा निर्माण हुने शैक्षिक सामाग्री वनाएर विद्यालयलाई दिने गरेको र शिक्षक , व्यवस्थापन समिति ,अभिभावकको त्रीपक्षिय सम्बन्ध र क्रीयाकलापले विद्यालयलाई थप टेवा पुगेको स.प्र.अ. बाठा मगरले बताउनु भयो ।। यो बिद्यालयसँगै नगरपालिकाभित्रका दश वटा विद्यालयहरुको अनुगमन गर्नुको प्रमुख उदेश्य राम्रा पक्षलाई प्रोत्साहन गर्ने र कमजोर पक्षलाई सुधार गर्न प्रेरित गर्ने रहेको स्रोत ब्यक्ति बल बहादुर रोकायले बताउनु भयो । नगरप्रमुख नेत्र बहादुर रोकायको नेतृत्वमा २० जनाको अनुगमन टोलिले विभिन्न विद्यालय अनुगमन गरि समिक्षा गरेको छ ।।