images
images

समृद्धि र सम्मान नै अबको आवस्यकता: संसद अतहर कमाल

लाखौ युवा रोजगारका लागि बिदेश जाँदै गर्दा कृषिमा रमाएका छन कपिलवस्तु बाणगङगा-५ कोपवा निवासी ज्ञानु कार्कि । कृषि पेशा अगाल्नु भएका कार्कीको बाणगङगा-५ सिमलखोर मा रहेको ३० कठ्ठा जग्गामा एक कार्यक्रमका बिच उन्नत जातको सुनकागती नामक कागतीको ब्यवसायिक खेती सुरु गरिएको छ ।
आज नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य माननीय अतहर कमाल मुसलमान ज्युले कागतिको बेर्ना रोपेर उक्त खेतिको सुरुवात गर्नुभयो। ३० कठ्ठा जग्गामा ५०० भन्दा बढी कागतिको बेर्ना रोपिएको थियो भने सोही जग्गामा नै माछापालनका लागि पोखरी निर्माण गरि उन्नत जातका माछापालनको पनि सुरुवात गरिएको छ। उक्त कार्यक्रममा बोल्दै साँसद कमाल ज्युले देशले शान्ती र संविधान पाइसकेको अवस्थामा अब जनताले समृद्धि र आत्मसम्मान खोजेका छन त्यो पूरा गर्नु राज्य र जनता दुबैको दायित्व भएको बताउनु भयो, कति युवा बिदेसिदा धेरै गाउँ नै युवाबिहिन भईरहेको अवस्थामा अब आर्थिक समृद्धि तर्फ लागि आत्मनिर्भर बनेमा मात्र त्यो समृद्धि र आत्मसम्मान पूरा हुने कुरामा जोड दिनुभयो। नेपालमा कृषि को माध्यम बाटनै समृद्धि सम्भव भएको हुदा त्यसका लागि कृषिकार्य लाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।
राज्यले पनि असली कृषक को पहिचान गरि तिनिहरुलाई कृषिकार्यको लागि उचित अनुदान एवम सहुलियत दरमा कृषि सामाग्रीको ब्यवस्था गर्नुपर्ने र त्यसकालागी आफुले संसदमा आवाज उठाएर ती कुराहरु पूरा गराउन लागि पर्ने बताउनु भयो।समग्र देशको अर्थतन्त्र नै कृषि ले ओगटेको ठाउमा ब्यवसायिक कृषि कार्यले अझ टेवा पुग्ने बताउनु भयो।ब्यवसायिक कृषि ले आत्मनिर्भर बनाउदै लग्नु सङगसङ्गै समाजमा बिस्वासयोग्य र रोजगारीको सृजना हुने बताउनु भयो।आज परिवर्तन आफैबाट सम्भव छ त्यसकालागी सुरुवात आफैले गर्नुपर्छ को उदाहरणीय कार्य यी युवाले गरेको बताउदै ब्यवसायिकता तर्फ उन्मुख हुन सबैलाई आग्रह समेत गर्नुभएको थियो।उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपसम्योजक तारावती चौधरी,र तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरि ज्युले अब हरेक काङ्ग्रेसका कार्यक्रता राजनीतिमा मात्र सिमित नभई स्वरोजगार बन्नुपर्ने र आफू मात्र नभई अन्यलाई समेत रोजगारीको सृजना गर्न सक्नुपर्ने बताउनु भयो युवा भनेका खाली झण्डा मात्र बोक्ने हैन कि ब्यवसायिकता तर्फ उन्मुख हुँदै समग्र देशको आर्थिक समृद्धि लाई टेवा पुराउने किसिमले कार्य गर्नुपर्ने बताउनु भयो। तेस्तै नेका जिल्ला सदस्य रबि काफ्ले,महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही,नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,नेविसंघ सिद्दार्थ क्याम्पसका सभापति दिनेश छेत्री,उपसभापति मीन थापा,शिक्षक सङघका चन्द्रकान्त पोख्रेल,नेका वडा न ५ का सभापति शालिकराम पौडेल लगायतले ब्यवसायिक सफलताको शुभकामना ब्यक्त गर्दै सबैले उहाबाट केही सिक्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।राजनिती सङगसङ्गै ब्यवसायिक बन्न सकेमा मात्रै त्यसले समाज सङगसङगै आर्थिक पछ्यलाई पनि सबल बनाउने भन्दै कुनै पनि काम सानो ठूलो हुदैन ती काम बाट सिक्दै अगाडि बढनुपर्ने बताउनु भयो। ज्ञानु कार्की जो एक युवा भएर पनि यहि नै केही गर्नुपर्छ भन्ने उद्देश्य राख्ने युवा हुनुहुन्छ।सामाजिक कार्य सङगसङगै ब्यवसायिक कार्य र राजनैतिक छेत्रमा सक्रिय कार्की नेपाली काङ्ग्रेस छेत्र न १ कपिलवस्तु का छेत्रीय सदस्य पनि हुनुहुन्छ भने सङगसङ्गै विभिन्न सामाजिक सङघसस्थामा पनि आबद्ध हुनुहुन्छ।एक असल र सछ्यम कृषक बन्नुहुनेछ हाम्रो शुभकामना ।