images
images

विश्वकपमा प्रयोग हुने फुटबल

(मोस्को रसिया) रसियामा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । अब हुने  खेलहरुमा नयाँ बल प्रयोग हुनेछ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यसअघि नै जानकारी गराएको थियो ।

प्रिक्वार्टरफाइनलदेखि ‘टेलस्टार १८ मेच्टा’ बल खेलाउन लागिएको विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ। रुसी भाषामा मेच्टाको अर्थ सपना वा महत्वाकांक्षा हुन्छ। समूहगत चरणमा भने फिफाले ब्राजिलमा प्रयोग गएिको ब्राजुका बल खेलाइएको थियो।

उक्त बल एडिडासले तयार पारेको हो। नकआउट चरणमा खेलाइने बलको रङसमेत फरक छ। हल्का र क्लासिक डिजाइनमा तयार पारिएको उक्त बललाई रुसको आधिकारिक रङमा ढालिएको फिफाले उल्लेख गरेको छ।